असोज ९ गतेदेखि कांग्रेस पालिका अधिवेशन

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ ।

शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र अन्य जिल्लामा पालिका अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता टुंगो लगाउने र अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र केहि जिल्लामा दसैअघि पालीका अधिवेशनमात्रै गर्ने निर्णय भएको शर्माले बताए । उहाले छिटै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र कार्यतालिका अनुमोदन गर्ने जानकारी दिए ।

प्रवक्ता शर्माले १४ महाविधेशनको प्रक्रिया सहमतिपूर्वक अघि बढिरहेको दावी गरे । उहाले अधिवेशनको प्रक्रियामा उत्साहपूर्वक लाग्न पनि आग्रह गरिएको बताए । प्रवक्ता शर्माले महाधिवेशनको मिति सार्ने बिषयमा कुनै छलफल नै भएको जानकारी दिए ।

फोटो : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्