‘आगामी निर्वाचन प्रचण्ड भर्सेस बादल हुन्छ’ : रामबहादुर थापा (बादल)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नोबीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताए ।

कुनैबेला प्रचण्ड र बादल एउटै पार्टीको नेता थिए । तर अहिले बादल एमालेमा पुगेका छन् र प्रचण्डसँगको सम्बन्ध तोडेका छन् । उनले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध वर्तमान सरकार लागेको आरोप लगाए । उनले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्