आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्छ : बादल

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन्  ।

प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएका हुन्  ।

उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको जिकिर गरे । त्यस्तै उहाले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए । थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको धारणा राखे । उहाले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए । उनले पार्टीभित्र १० बुदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्