महाधिवशेनमा मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्न प्रयास भइरहेको छ : प्रकाशमान सिंह

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन्  ।

शनिबार नेपाली कांग्रेस काठमाडौं १७ नंवर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेद्वार भएको समेत बताए । पार्टीका लागि केहि नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौंका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनको भनाई छ । नेता सिंहले पार्टी सभापतिका लागि आफु सक्षम रहेको तर्क गरे । राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै देश र पार्टीलाई अघि बढाउनका लागि सक्षम नेताको खाँचो रहेको उनले बताए । त्यस्तै उनले कर छुट लगाएतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने उल्लेख गरे ।

नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने पनि बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्