राष्ट्रिय जनगणना २०७८ हिमोफिलियाका बिरामीको तथ्याङ्क समेटिनुपर्ने माग

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल हिमोफिलिया सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा मुलुकभर रहेको हिमोफिलियाका बिरामीको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको छ ।

शनिबार काठमाडौंमा गरिएको अन्तक्र्रिया कार्यक्रममा सोसाइटीले जनचेतनाका अभावमा अझै पनि हिमोफिलियाका बिरामी खुलेर बाहिर आउन नसकेको भन्दै जनगणनाका क्रममा उनीहरुको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको हो । हिमोफिलिया भएका व्यक्तिहरु अपाङ्गता भएका व्यक्तिको सूचीमा १० औ नम्वरमा रहेको र गणकहरु आउदा घरपरिवारमा भएका बिरामीको प्रष्ट बिबरण दिन पनि सोसाइटीले आग्रह गरेको छ । नेपालमा करिव ३ हजार हिमोफिलियाका बिरामी रहेको सोसाइटीका महासचिव दीपक पोखरेलले बताए ।

त्यस्तै सोसाइटीमार्फत अहिलेसम्म ७ सय ५० जना हिमोफिलियाका बिरामीको पहिचान भएको र त्यसमध्ये आवश्यक औषधोपचारको अभावमा पहिचान भएका व्यक्तिहरुमध्येबाट हरेक बर्ष ३ देखि ४ जना व्यक्तिको ज्यान गइरहेको महासचिव पोखरेलले बताए ।

रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दस हजारमा एक जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्