राजसंस्था कायम गर्न असोज ११ गते काठमाडौंमा विरोध सभाको आयोजना

Ad
  • कालोपाटी सम्बाददाता

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न भन्दै असोज ११ गते काठमाडौं बृहत्त विरोध सभाको आयोजना गर्ने जनाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त विरोधसभामा हुनको लागि आह्वान गरेको छ । ०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको गम्भीर आरोप छ । संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ ।

त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ । जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको बताए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताको लागि घाँडो भएको उनले बताए ।

गणतन्त्रले समेत नेपाली जनतालाई सुख प्रदान गर्न नसकेको उनको भनाई छ । अहिलेको सरकार बनेको ७२ दिन बितिसक्दापनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्न नसकेको भन्दै उहाले राजा र दल दुवैले मिलेर देश चलाउनुपर्ने उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्