जाजरकोटमा १७० घरधुरीलाई निःशुल्क सोलार वितरण

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।

नगरपालिकाको २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५० लाख गरेर कूल ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए । जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

“वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युत्को घण्टौँ  लोडसेडिङका कारण जनताले हैरानी खेपेका थिए, उक्त समस्यालाई मध्यनजर राख्दै सोलार खरिद गरिएको हो, अब नागरिक अन्धकारबाट मुक्त भएका छन्”, उहाँले भन्नुभयो । प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित रु ३९ हजार ५०० मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताउनुभयो । भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायः अन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा खुसी लागेको स्थानीयवासी सुनकुकारी कठायतले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्