कुटपिट गरी पत्नीको हत्या गर्ने एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । कोहलपुरमा कुटपिट गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ३ भगरिया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेले आफ्नै ३५ वर्षीया पत्नी लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशले आफ्नै पत्नी लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहल पुरबाट खटिएको प्रहरी घटना स्थल पुगेको थियो । घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्