इपिएल : काठमाडौं र विराटनगरको खेल स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ ।

निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको योजनामा रहेको थियो ।

काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौंका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौं आएका थिए । त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्