राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताको  लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो  । सत्तारुढ दलका नेताहरुका अनुसार  राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने बतायिएको छ  ।

केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा  पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश फिर्ता लिन  राष्ट्रपतिलाई सिफारिस गरिएको थियो  ।

अध्यादेश फिर्ताका लागि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब परेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्