आजको मौसम (२०७८ आश्विन १२ गते ,मंगलबार)

Ad
  • कालोपाटी सम्बाददाता

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक) मा  बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र  बन्न शुरु भई  आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आश्विन १० गते  (२६ तारिक) का दिन उडिसाको जमिनमा अवतरण  भई हाल न्यून चापिय क्षेत्र को रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसको अप्रत्यक्ष परिधीय असर  का कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

हाल मौसमको अवस्था 

हाल देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १३ गते (बुधबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन  गते (बिहिबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले अनुरोधगरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्