बैंकिङ कसूरको मुद्दामा खोटाङका एक जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका वडा नं।३ घर भई हाल काठमाडौं जिल्ला कपन बालुवाखानी बस्ने २६ वर्षीय खगेन्द्र खत्री सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आई।एम।ई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७७।०९।२८ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४(चार) दिन कैद र १० लाख ६५ हजार ९ सय रुपैंया जरिवाना सुनाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित विशेष टोलीले उनलाई बालुवाखानी,काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

 

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्