सरकारलाई प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासंग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीले पाउने आरक्षणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनका आधारमा चिकित्सा शिक्षासंग सम्बन्धित कर्मचारीका छोराछोरीको आरक्षणका सम्बन्धमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तिले ऐनमा टेकेर सम्भव भएसम्म यस क्षेत्रसंग सम्बन्धीत कर्मचारीका छोराछोरीलाई आरक्षणको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए । आगामी दिनमा हुने परिक्षामा आवश्यक परे ऐनमा टेकेर नियमावली परिमार्जन गर्न पनि सुझाव दिइएको उनले बताए । त्यस्तै मृगौला बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै डायलासिल वा प्रत्यारोपण कुन उपयुक्त हुन्छ भन्नेमा बिज्ञहरुसंग समितिले छलफल गर्ने सभापति घर्तिले जानकारी दिए ।

बैठकमा सांसद खगराज अधिकारीले नेपालमा एमविविएस गरेका बिद्यार्थीहरुको योग्यताका बारेमा अन्य देशमा प्रश्न नउठ्ने गरि कुटनीतिक तहमा स्पष्ट कुरा राख्नुपर्ने बताए । उहाले चिकित्सा शिक्षासंग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीले आरक्षण नपाएको भन्दै यसलाई गम्भीर रुपमा छलफल गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसद गिरिराजमणी पोखरेलले आरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्दै यहि बर्षदेखि नै लागू गर्न सुझाव दिए ।

त्यस्तै सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा क्षेत्रमा रहेको आरक्षणका बारेमा बिचार गर्नुपर्ने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्