‘धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ’: डा महत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

तराई-मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताए ।

सहमहामन्त्री डा. महतले नेपाली कांग्रेस हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई समुन्नत र सुसंस्कृति बनाउन कटिबद्ध रहँदै आएको स्पष्ट पारेका छन् । परापूर्वकालदेखि अवलम्बन गरिँदै आएका विभिन्न धर्म, संस्कृति र परम्पराले नेपालको विशिष्ट पहिचान दिएको बताउँदै उनले जितिया पर्व उल्लासमय वातावरणमा सम्पन्न हुन सकोस् भन्ने शुभकामना व्यक्त गरे । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्