तिलोत्तमामा रेविजविरुद्धको निःशुल्क खोप अभियान

Ad
  • कालोपाटी सम्बाददाता

रुपन्देही । तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा सो अभियान सञ्चालन गरेको हो ।

यही असोज १२ गतेदेखि सुरु भएको रेविजविरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने छ । असोज १२ गते वडा नं १, २ र ५ तथा १३ गते वडा नं ३, ४ र ६ मा खोप अभियान सम्पन्न भइसकेकोे छ भने असोज १४ गते वडा नं ८, ११ र १२, १५ गते वडा नं ९ र ७, १६ गते वडा नं १३ र १४, १७ गते वडा नं १० र १७ तथा १८ गते वडा नं १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले जानकारी दिए ।

समुदायमा छाडा छोडिएका कुकुरलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई खोप लगाइने उहाँले बताए । रेविज विरुद्धको खोप अभियानमा नगरपालिकाअन्तर्गत पशु शाखाका प्राविधिक खटिएका छन् । रेविजरोग कुकुर तथा अन्य जङ्गली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । यो रोग लागेको व्यक्तिमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिने, पानीदेखि डराउनेलगायत लक्षण देखिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्