प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार बिहान १० बजेका लागि  बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले सबै दलको बैठक बोलाएका बुझिएको छ ।

बिहीबार बस्ने सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको  छ।

हाल संसदमा  प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै आएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्