आजको मौसम (२०७८ आश्विन १४ गते ,बिहिबार)

Ad
  • कालोपाटी सम्बाददाता

भारतको झारखण्ड  र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ।त्यसैले हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको  छ।

हाल देशको आधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एक/दई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १४ गते (बिहिबार)

दिउँसोदेशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १५ गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १६ गते (शनिबार)

दिउँसोदेशभर सामान्य बदली रही प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर  सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्