संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : राजमो अध्यक्ष केसी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएएका छन् । उनले भने“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ । ”

प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।” दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको उनले बताए ।

अध्यक्ष केसी भन्छन् “संवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।” अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्