काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ११३ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २५५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा कोरोना पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विभिन्न अस्पतालबाट ९३८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।