बोहोरा र बुढा विजयी

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचनसम्पन्न भएको छ । सो पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो ।

निर्वाचनमा प्रदेश ‘क’का सभापति लक्षिमन बोहोराले कूल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी भएका हुन्  । उनले निकटतम प्रतिद्वन्द्वी नारायण (विष्णु) शाहीले २३१ मत प्राप्त गरेका थिए  । त्यस्तै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भएका छन्  ।

त्यस्तै प्रदेश ‘ख’को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन्  । उनले कूल खसेको ४९० मतमा २४२ मत प्राप्त गरेका सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार उपसभापतिद्वय दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्