आजको मौसम (२०७८ आश्विन १७ गते ,आइतबार): यी ठाउँहरुमा हुने छ भारी वर्षा

Ad
  • कालोपाटी सम्बाददाता

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ।हाल  प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा  आंशिक बदली रहेको छ।  प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन  गते (आइतबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।

२०७८ आश्विन  गते (सोमबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।

रातीदेशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन  गते (मंगलबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर  आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षा र प्रदेश १ तथा प्रदेश २ का एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि संभावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्