सिरहामा माओवादी केन्द्रको वडा कमिटी गठन

Ad
  • कालोपाटी सम्बाददाता

महेश सिंह सिरहा लहान ।  सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएको छ। सखुवानान्कारकटी वडा नम्बर ४मा २१ सदस्य कमिटी गठन भएको हो ।

माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बालेश्वर साह र वाईसिएलका केन्द्र कमिटी सदस्य आशान्द यादव युवा नेता राम परिक्षण महतोको रोहबरमा नयाँ कमिटी गठन भएको हो।
कमिटीले स्थानीय तहको चुनाव नजिकै आउँदा राजनीति दलहरुले गाउँ गाउँमा आफनो पार्टीको बर्चस्व कायम गर्न राजनिती दलका प्रतिनिधीहरुले संगठन बनाउन र कमिटी गठन गर्न ग्रामिण भेगमा सकृय रुपमा अगाडि बढदै गरेको बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आउने चुनावमा सिरहामा प्रथम हुने र उक्त नव गठीत कार्यसमितिले सक्रिय राजनीति गर्नेकमिटिको भनाइ छ ।

नब गठीत कमिटीको अध्यक्षमा शिबनारायण संगै  २१ कार्यसमिति चयन गरिएको नेता राम परि परिक्षण महतोले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्