६.६८ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६२ करोडभन्दा माथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

ठूकाठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको कारोबार भएको छ । ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अङ्कले घटेर ४८४ दशमलव ९८ अङ्कमा पुगेको छ ।

नेप्से परिसुचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता सेयर  तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५मा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहका सेयर उकालो लागेका छन् । होटल तथा पर्यटन १२ दशमलव ८, जीवन बीमा पाँच दशमलव ६२, लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अङ्कले बढेका छन् ।

यस्तै बैंकिङ तीन दशमलव ८८, विकास बैंक ८६ दशमलव ४, वित्त ५२ दशमलव ९३, जलविद्युत ६५ दशमलव ०८, लगानी शून्य दशमलव ६४, उत्पादन ३२ दशमलव ४३, सामूहिक लगानी कोष शून्य दशमलव १०, निर्जीवन बीमा १३ दशमलव १७ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा आज युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड १२ लाख १६ हजार ७७४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल बैंक लिमिटेड ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ९६ हजार ८३९, नेशनल हाईड्रोपावर नौ करोड ५४ लाख १३ हजार ६७८ र रैराङ्ग हाईड्रोपावर नौ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्