नेपाल र भट्टराई विरुद्धको मुद्दाको सुनुवाइ कार्तिक १५ मा हुने

Ad
  • कालोपाटी सम्बाददाता

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी कार्तिक १५ गते सुनुवाई गरिने भएको छ ।

बरिष्ठ अधिवक्ता न्यौपानेले दायर गरेको रिटमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीले आगामी कार्तिक १५ गते सुनुवाई गरिने आदेश गरेका हुन्।

पहिलेनै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको भए पनि  अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो  ।

उनीहरुसँगै पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको थियो । मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले मुद्धा नचल्ने भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्