४१.८४ अंकले बढ्यो नेप्से, २ अर्ब ९९ करोडभन्दा माथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा पुगेको हो । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ ।

आज २२३ वटा कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँको सेयर करोबार भएको छ । शिखर इन्स्योरेन्स प्रोमोटर शेयरको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज मेरो माइक्रोफाइनान्स कम्पनीको ११ करोड ८६ लाख, हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख र सिटिजन्स बैंकको ६ करोड ७२ लाख रुपैयाँको शेयर कारोेबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्