माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन बैठक आज बस्ने भएको हो । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।

यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइसकेको छ । अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्