‘रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छ’ : महामन्त्री कोईराला

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन् ।

उनी भन्छन्, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए । उनीले भन्छन्, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफु बलियो उम्मेदवार रहेको बताए ।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाई थियो । उनले भने, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्