नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने, अर्को कार्यतालिका ल्याउन देउवाको आग्रह !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ ।  मङ्सिर ९ गते देखि काठमाडौँमा हुने तय भएको पार्टीको १४औं महाधिवेशन अन्तत संसोधन हुन लागेको हो ।

पार्टीको निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएपछी सो मिति संसोधन गर्नुपर्ने भएको हो ।

निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताएपछी पार्टीका सभापति देउबाले नयाँ मिति ल्याउन आग्रह गरेका हुन् ।

‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् । र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र त्यही अनुरुप तपाईंहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ’ पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्