मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

accident
Ad
  • कालोपाटी सम्बाददाता

दाङ । मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दाङ देउखुरीको महदेवा सिसहनिया जोड्ने पुलमा गढवा गाउँपालिका २ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला पल्टिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्