आईसीसी टी २० विश्वकप क्रिकेटमा इंग्ल्यान्डको लगतार जित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले लगतार जित हात पारेको छ ।

सुपर १२ मा चार जितपछि इंगल्याण्डको सेमिफाइनलमा स्थानसमेत लगभग पक्का भएको छ । जोस बटलरको शतकको मद्दतमा सोमबार राति यूएईको सारजाहमा भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए । कप्तान दासुन शनका र भानुका राजपाक्षेले समान २६ रन जोडे । इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले दुईरदुई विकेट लिए । लियम लिभिङस्टोन र क्रिस वोक्सले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको थियो ।

१० ओभरमा तीन विकेट गुमाएर ४७ रन मात्रै जोडेको इंग्ल्याण्डले बाँकी १० ओभरमा ११६ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर जोस बट्लरले अविजित रहँदै १०१ रन बनाए । जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका बटलरले ६७ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए । चौथो विकेटका लागि बटलर र मोर्गनले ११२ रनको साझेदारी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्