नेपालगञ्जमा तिहार लक्षित बजार अनुगमन

Ad
  • कालोपाटी सम्बाददाता

नेपालगञ्ज  । तिहार पर्व लक्षित गरी बाँकेमा जिल्लास्थित संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ । तिहार नजिकिँदै गर्दा मिठाइ तथा खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा ठूलो परिमाणमा अखाद्य मिठाइ फेला पारेको छ । सोमबार नपालगञ्जका विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा ८० किलो अखाद्य मिठाइ भेटिएपछि नष्ट गरिएको छ । मिठाइ पसलको अनुगमन गर्दा पसलमा बिक्रीको लागि राखिएको मिठाइ बिग्रिएर खान अयोग्य भएको पाइएपछि नष्ट गरिएको चौलागाईले बताउनुभयो ।

चाडपर्वको बेलामा बजारमा कृत्रिम मूल्य वृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको उहाँको भनाइ छ । तिहारमा मिठाइ सबैभन्दा बढी बिक्री हुने हुँदा उपभोक्ताले हानिकारक मिठाइ खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर त्यस्ता मिठाइ नष्ट गरेर चेतावनी दिइएको उपभोक्ता हित संरक्षणमञ्च नेपालगञ्जका सचिव विनोद पाण्डेले बताउनुभयो ।

चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्य भन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उहाँको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्