ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु एक घाइते

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्