विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरबाट नौ पुरस्कार दिइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जङ्गबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ ।

सोअनुसार मन्दिरले रु एक लाख राशिका चार प्रथम पुरस्कार, रु ५१ हजारका दुई द्वितीय पुरस्कार र रु २५ हजारका तीन तृतीय पुरस्कार दिने छ । मन्दिरका अध्यक्ष कञ्चन पुडासैनीले आफ्ना मातापिताका नाममा ती पुरस्कार–सम्मान स्थापना गर्नुभएको हो ।

संस्थाले ती व्यक्तित्वमा आधारित भई आगामी मङ्सिर २५ गतेभित्र १० देखि ५० पेजसम्मका रचना  एकभन्दा बढी पनि सकिने पठाउन विद्वान्हरूलाई आग्रह गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्