अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । कञ्चनपुरका अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।

सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन् । “हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको छ”, संयोजक महराले भन्नुभयो, “वर्षौंदेखि समस्या ज्यूँका त्यूँ छन् ।”

सङ्घर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने उहाँ बताउनुहुन्छ । समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ ।
–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्