अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध हो : अध्यक्ष माधव नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन्  ।

शनिबार काठमाडौंमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने भन्दै अहिले आफुहरुको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका हुन्  । उनले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको धारणा पनि राखे । त्यस्तै उनले पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको दावी गरे । अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरुलाई सुुझाव दिनुभयो । उहाले जनतालाई सुुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न पनि आग्रह गरे ।

कार्यक्रममा संगठनको नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै केहि पत्रकारले आपत्ती जनाएका थिए । समाजवादीका प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले छुटेका व्यक्तिलाई समायोजन गर्ने आश्वासन दिएपनि उनीहरुले कार्यक्रम नै बहिष्कार गरेका थिए । शम्भु श्रेष्ठलाई अध्यक्षमा स्वीकार गरेपनि अन्य पदाधिकारी चयनमा भने विवाद देखिएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्