उपचारका लागि प्रचण्ड अस्पतालमा

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन्  ।

उनका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी गएको जानकारी दिए । “डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उनको स्वास्थ्यमा सामान्य समस्या आयो”, उनले भने , “त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।” स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्कने छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्