निःशुल्क स्वास्थ्य शिविरः दुई हजारभन्दा बढीले लिए सेवा

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी नागरिकले सेवा लिएका छन् ।

मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर र त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा दुई हजार ७९५ जनाले स्वास्थ्य जाँच गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

“कतिपय बिरामी भएर पनि अन्यत्र उपचार गर्न जान नसक्ने र आर्थिक समस्याले रोगसँग भित्रभित्रै लडेर बसिरहनुपर्ने अवस्थालाई दृष्टिगत गरेर गाउँमै शिविर आयोजना गरी सेवा दिएका हौँ, शिविरमा धेरैले सेवा लिनुभएको छ”, उनले भने । शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो ।

मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौँ पठाइएको छ । तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । शिविरमा ४२८ जनाको इसिजी र ३८१ जनाको इको गराइएको छ । परीक्षण गर्दा विद्यार्थीलाई पनि मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्