व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको जेठो र ठूलो नगरपालिकाको रुपमा परिचित व्यासनगरपालिका मातहतका चौध वटै वडा भाडामुक्त भएका छन् । व्यासनगरपालिका–१ को वडा कार्यालयको भवन निर्माण गरेर कामकाज हुन थालेपछि सबै वडा कार्यालय भाडामुक्त बनेका हुन् ।

वडा नं ६, १३ र १४ नंको भवन साविकको गाउँ विकास समितिको कार्यालयबाट र अन्य वडाको नयाँ भवन निर्माण गरिएको थियो । व्यास–१ को भवन नगरपालिकाबाट विनियोजित करिब रू ७० लाखको लागतमा निर्माण गरिएको थियो । स्थानीय छविजङग बंशी ठकुरीले करिब रु ४० लाख मूल्य बराबरको आठ आना जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माणकार्य अघि बढाइएको थियो ।

नगरपालिकाको सहयोगमा जग्गा नभएका स्थानमा जग्गा खरिद र जग्गा भएका स्थानमा भवन निर्माण गरेर सबै वडालाई भाडामुक्त बनाइएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्