‘एक पालिका, एक दमकल’

Ad
  • कालोपाटी सम्बाददाता

ओखलढुङ्गा । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तक्र्रियामा उनले ‘एक पालिका एक दमकल’ को अबधारणालाई सरकारले अगाडि बढाएको बताए ।
“जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई माग पठाउनुहोला ।” उनले भने ।

कार्यक्रममा पालिका प्रमुख उपप्रमुखले हाल सिद्धिचरण नगरपालिकामा मात्र दमकल रहेको र अन्य स्थानीय तहमा नभएको जानकारी दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले आगलागीबाट जिल्लामा बर्सेनि सामुदायिक तथा निजी वन, सार्वजनिक र निजी सम्पत्ति तथा जनधनकोे क्षति हुने गरेको बताए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्