मन्त्री रेग्मीद्धारा बाल सुधारगृह अवलोकन

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् ।

बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उनले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिए । “खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ”, उनले भने । उनले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गरे ।

पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्