मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर  । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा एमालेका ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए ।

गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम९४० बमोजिम मुख्यमन्त्री राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसँग पक्षमा मत मागेका थिए ।

मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्