कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा कैदी फेला

Ad
  • कालोपाटी सम्बाददाता

रौतहट । रौतहट जिल्ला कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा कैदी मृत अवस्थामा भेटिएका छन् ।

कारागारका निमित्त प्रमुख यादवले का अनुसार बुधबार शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका थिए । २०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले रौतहटले कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्