राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपाको आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य अन्य, तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्