कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीः महामन्त्री खड्का

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्  ।  महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्  ।

पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा पुगेर मतदान गरेका छन् । उनको क्षेत्रबाट करिब ९०० प्रतिनिधिले मतदान गर्दै छन् । मनोनित भएर जाने व्यवस्था भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने ईच्छा व्यक्त गर्दै उम्मेदवारी दिएको उनले बताए ।

निर्वाचन क्षेत्र नं २ का कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैन । उनका अनुसार उम्मेदवारी नदिए पनि केन्द्रीय सदस्यका हिसाबले उनी महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित छन्  । केन्द्रीय सदस्य थानी प्रतिनिधित्व गर्ने क्षेत्रबाट करिब एक हजार प्रतिनिधिले मतदान गर्दैछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्