चिल्खायामा रोपवे सञ्चालन हुँदा ढुवानीमा सहज

Ad
  • कालोपाटी सम्बाददाता

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० को चिल्खायामा रोपवे सञ्चालन हुँदा फलफूल तथा तरकारी ढुवानी गर्नका लागि सजिलो भएको छ ।

गाउँबाट तरकारी तथा फलफूललाई बजार पुयाउन ५ घण्टाको भारी बोकेर बजार पुयाउनुपर्ने बाध्यता थियो । यसलाई निराकरण गर्न विभिन्न संस्थाको रु २९ लाखका लागतमा रोपवे सञ्चालनमा ल्याइएको थियो ।

गाउँमा उत्पादित वस्तु बजारमा लैजान सजिलो भएको तिलागुफा–९ वडाध्यक्ष मुनबहादुर थापाले बताए । “गाउँमा उत्पादन भएको स्याउ र तरकारीहरुलाई ढुवानी गर्न निकै ग्राहो हुने गरेको थियो,” उनले भने , “रोपवे सञ्चालनमा आएपछि आधा घण्टामा नै तरकारी तथा अन्य गाउँमा उत्पादन भएको वस्तु कर्णाली राजमार्गमा पुग्छ ।”

किसानले राम्रो आम्दानी लिन थालेको स्थानीय कृष्णबहादुर शाहीले बताए । “गाउँमा राम्रो तरकारी तथा फलफूल उत्पादन हुने गरेको छ ।” उनले भने , “विगतमा बजारसम्म पु¥याउन नै समस्या हुने गरेको थियो । अब बजारमा तरकारी तथा फलफूल पुयाउन सजिलो भएको र किसानहरुले राम्रो आम्दानी लिन थालेका छन् ।”

पहाडी तथा हिमाली क्षेत्रका सडक सञ्जाल नछोएका ठाउँहरुमा मालसमान ओसार्नका लागि रोपवे नै उपयुक्त हुने वडाध्यक्ष थापाले जानकारी दिए । “सडक सञ्जालले नछोएका ठाउँमा रोपवे नै सामान ढुवानीको उपयुक्त साधन हो,” उनले भने , “रोपवेबाट एकपटक माथिबाट ९० किलोग्राम ढुवानी गर्ने गरेको छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्