लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ ।

कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुयाउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तारण गरेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्