नगरपालिकाद्धारा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो नगरपालिका–५ स्थित कालेखोलीमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताए ।

चन्दननाथ नगरपालिका र गैरसरकारी संस्था एसएनभी नेपालको आर्थिक सहयोग र सूर्य सामाजिक सेवा सङ्घ जुम्लाद्वारा निर्मित सार्वजनिक शौचालय सञ्चालनमा पाएपछि यहाँका स्थानीयवासीदेखि बजार क्षेत्रमा आएका सर्वसाधारणले सेवा लिने नगरपालिका प्रमुख सेजुवालले बताए । नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गरेको सूर्य सामाजिक सङ्घ जुम्लाका अध्यक्ष घनश्याम नगकरकेटीले बताए ।

शौचालयको दिगो व्यवस्थापन गर्नु महत्वपूर्ण भएकाले यहाँका स्थानीयवासीले यसलाई सुरक्षितरुपमा लामोमसयसम्म सञ्चालन गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका–५ मा मात्र नभई अन्य वडाहरुमा पनि यस्तै सुरक्षित शौचालय निर्माणमा एसएनभी नेपालले सहयोग गर्ने आशा राखेको नगरपालिका उपप्रमुख अप्सरादेवी महतले बताए । शौचालयका लागि पानी र बत्तीको व्यवस्थापन नगरपालिकाले पहल गरिने जनाइएको छ । महिलाको समस्यालाई दृष्टिगत गरी कर्णालीकै नमूना, आधुनिक र व्यवस्थित सार्वजनिक शौचालय निर्माण भएको वडाध्यक्ष गोल्डेन कठायतले बताए । रु ८५ लाखको लागतमा सार्जजनिक शौचालय निर्माण भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढुथापाले बताए ।

शौचालय निर्माण गर्नुमात्र ठूलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए । नगरपालिका–१०मा दश वर्षका लागि जग्गा लिजमा लिएर बजारबाट निस्कने फोहोरालाई व्यवस्थापन गर्ने ठाउँ निर्माण गरेर छिट्टै सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्