पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण र  ४ जनाको मृत्यु भएको छ  भने २३२ जना निको भएका छन् ।

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्