एमाले महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न 

Ad
  • कालोपाटी सम्बाददाता

चितवन  । शुक्रबारदेखि चितवनमा सुरु हुने नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनके उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाइएको छ । महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ ।

महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने दावी एमालेले जनाएको छ । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु चितवन आएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्