‘पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन’: अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै एमालेप्रति व्यङ्ग्य गरेका छन् ।

बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले अहिले तीन नेताहरु मिलेर राप्रपाले एकताको महाधिवशेन गरेको भन्दै तीन टुक्रा भएर फुटेको एमालेले पनि एकता महाधिवेशन नै भनेको बताए ।

उनले पार्टी फुटाएर एकता महाधिवेशन भन्दै एमालेले जालीझेली काम गरेको तर्क गरे । त्यस्तै उहाले राजतन्त्र फाल्न भूमिका निर्वाह गर्ने व्यक्तिले राजतन्त्रलाई राष्ट्रवादी भनेको भन्दै मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको हो कि भनेर कटाक्ष पनि गरे ।

त्यसअघि सम्बोधनका क्रममा मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएको र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताउका थिए । प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको जिकिर गरे ।

प्रचण्डले अन्तविरोधभित्र पनि सहमति र सहकार्य गर्दै मुलुकलाई राजनीतिक स्थीरतातर्फ अघि बढाउनुपर्ने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्